७ मंसिरमा कर दिवस मनाउने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ मंसिर १, बिहिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर १, काठमाण्डौ । सरकारले आगामी ७ मंसिरमा कर दिवस मनाउने भएको छ। प्रत्येक वर्ष १ मंसिरमा कर दिवस अवसर पारेर करदातालाई सम्मान गरिने भए पनि यो वर्ष निर्वाचनका कारण ७ मंसिरलाई सारिएको हो। आगामी ४ मंसिरमा देशैभर एकैसाथ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै छ।

१ मंसिरमा मूल्य अभिवृद्धि कर लागू भएको दिन भएकाले यसैलाई सरकारले कर दिवसका रूपमा मनाउँदै आएको छ। यो वर्ष कर दिवसको नारा ‘स्वैच्छिक सहभागितासहितको फराकिलो कराधार दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ रहेको छ। आन्तरिक राजस्व विभागका अनुसार आगामी ७ मंसिरमा विवादमा नआएका विभिन्न क्षेत्रका उत्कृष्ट १५ करदातालाई सम्मान गरिनेछ। उनीहरूको नाम भने विभागले सार्वजनिक गरेको छैन।

ताजा अपडेट

खोजी गर्नुहोस